सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

सुमित श्रेष्ठ
चैत्र ४, रामेछाप
रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट भन्ने स्थानमा सुपरसिटी यातायातको सूमोले ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाइलको पछाडि सवार रहेका अर्का एक ब्यक्ति गम्भीर घाइते भएका छन

सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

सुमित श्रेष्ठ चैत्र ४, रामेछाप रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट भन्ने स्थानमा सुपरसिटी यातायातको सूमोले ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

 

मोटरसाइलको पछाडि सवार रहेका अर्का एक ब्यक्ति गम्भीर घाइते भएका छन । सदरमुकाम मन्थलीबाट रामेछापकै खिम्ती तर्फ गइरहेको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको सामूले वा २ प ८१९४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका ६ फर्पूका ४० वर्षीय भरतविक्रम खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

दुर्घटनामा मृतक चालकका बुवा ६५ वर्षीय गजेन्द्र खड्का गम्भिर घाइते भएका छन् । घाइते खड्काको सदरमुकाम मन्थलीको अस्पतालामा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लागिएको छ । घाइते खड्काको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);