पूर्वी नाका काँकडभिट्टामा स्वास्थ्य सेवा विभागको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूर्वी नाका काँकडभिट्टामा स्वास्थ्य सेवा विभागको अनुगमन

झापा । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, कोभिड नियन्त्रण उच्चस्तरीय टोलीले पूर्वी नाका काँकडभिट्टाको शनिबार अनुगमन गरेको छ । कोरोना संक्रमणको स्थिती र नाकाको पछिल्लो अवस्थाका बारेमा टोलीले स्थलगत जानकारी लिएको हो ।

काकंडभिट्टा नाकामार्फत् हुने आवतजावत र संक्रमण नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले हेल्प डेक्स राखेको छ । टोलीले नाकामा संचालित हेल्पडेक्सले माहामारी नियन्त्रणका लागि गर्दै आएको प्रयासबारे जानकारी लिएको हो ।

आगामी श्रावनबाट सरकारले कोरोना नियन्त्रणका लागि चौथो चरणको रणनीतिक कार्ययोजना तय गरेकाले त्यसको तयारीबारे जानकारी लिन अनुगमन गरिएको उच्चस्तरीय अनुगमन टोलीका संयोजक डाक्टर तारानाथ पोख्रेलले बताए ।

सरकारको कोभिड नियंत्रणको चौथो रणनीतिक योजना अन्तर्गत कांकडभिट्टा नाकामा भारतबाट भित्रने यात्रुको स्वास्थ्य अवस्था चेकजाँचका लागि अस्थायी भवन, होल्डिङ सेन्टर लगायतका पूर्वाधार निर्माणधीन रहेका छन् । आगामी श्रावण १ गतेबाट हेल्पडेक्सले पूर्ण रुपमा सेवा प्रदान गर्ने र त्यसले महामारी नियन्त्रणमा सघाउ पुग्ने टोलीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);