अमरगढी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षणलाई तीव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विमल जैरु,१ असोज, डडेल्धुरा । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन डडेल्धुरास्थित अमरगढी नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षणलाई तीव्रता दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा अमरगढी नगरपालिका कार्यालयले नगरपालिकाका ६ वटै स्वास्थ्य संस्थाको अनुगमन गरेको हो ।

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझासहितको टोलीले नगरपालिकाभित्रका घटाल स्वास्थ्य चौकी, सहश्र लिंग स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र स्याउले, भलिया नगर स्वास्थ्य केन्द्र, उग्रतारा स्वास्थ्य चौकी र भागेश्वर स्वास्थ्य चौकीको अनुगमन गरेको हो । कर्मचारी दैनिक कार्यालय नजाने, कमजोर प्रशासनिक व्यवस्था र स्वास्थ्य सेवा प्रवाहको गुणस्तर लगायत विषयमा गुनासो बढेपछि अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार बनेपछि जनता कुनै पनि किसिमका स्वास्थ्य सेवा पाउनवाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । केही स्थास्थ्य चौकीमा समस्या देखिए पनि केही स्वास्थ्य चौकीले भने निरन्तर र राम्रो सेवा प्रवाह गरिरहेको अनुगमन टोलीका सदस्य एवं सिनियर अहेब गणेश बिष्टले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका लागि आवश्यक जनशक्ति अभाव भएको र बिरामीलाई आकस्मिक उपचारका लागि आवश्यक सामग्री नभएको पनि पाइएको थियो ।

स्थानीय जनप्रतिनिधिले आफ्नो अधिकार क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउने हो भने स्थानीयबासीले जनप्रतिनिधि पाएको अनुभूत गर्न सक्ने थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);