जलविन्दुबाट जोगिन नियमित आँखा जँचाऔ : विज्ञ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जलविन्दुबाट जोगिन नियमित आँखा जँचाऔ : विज्ञ

काठमाडौं, ३१ भदौ । जलविन्दु विशेषज्ञहरुले आँखामा देखिने जलविन्दुको समस्याबाट जोगिनका लागि नियमित आँखा जँचाउन सुझाव दिएका छन् ।

जलविन्दु रोगको संक्रमणको प्रारम्भीक लक्षण खासै नदेखिने भएकाले सही ढंगले नियमित जाँचका लागि विशेषज्ञले सुझाव दिएका हुन् । विशेष गरेर ४० बर्ष कटिसकेकाहरुका लागि यो समस्या बढी देखिन सक्ने भन्दै उनीहरुले नियमित जाँचमा जोड दिएका हुन् ।

नेपाल आँखा अस्पतालले आँखामा लाग्ने रोग जलविन्दुबारे शनिबार गरेको जनचेतनामुलक अन्र्तरक्रियामा जलविन्दु विशेषज्ञहरुले यस रोगले आँखाको हेर्न सक्ने क्षमता नै नष्ट गर्न सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

जलविन्दु भनेको आँखाको नसामा लाग्ने रोग हो । आँखामा प्रेसर बढेर नसा सुक्दै जानुलाई जलविन्दु भनिन्छ । यो संक्रमण बढ्दै जाँदा रोगीले आँखै नदेख्ने सम्म हुन सक्ने हुन्छ । त्यसैले जन्मेदेखि नै आँखा जचाउनुपर्ने सुझाव विज्ञले दिएका छन् ।

प्रति एकलाख आँखाका विरामीमा १५ हजार जलविन्दुबाट ग्रसित हुने गरेको तथ्याङ अस्पतालसंग छ । हरेक बर्ष जलविन्दु रोगबाट पीडित भएका विरामीको संख्या बढ्दै गएको पनि अस्पतालले जनाएको छ । यसैलाई मध्यनजर गर्दै अस्पतालले बर्षमा चार पटक आँखा रोगीका लागि जनचेतना मुलक कार्यक्रमक संचालन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);