पछिल्लो समय आँखाको क्यान्सर बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पछिल्लो समय आँखाको क्यान्सर बढ्दो

eye-hospital

बिनिता के.सी.

काठमाडौं, ३ असोज । बढ्दो वायु प्रदूषणका कारण पछिल्लो समय नेपालका बालबालिकाहरुमा आँखाको क्यान्सर समस्या बढी देखिएको छ । चिकित्सकहरुका अनुसार पाँच वर्ष मुनिका हरेक १५ देखि २० हजार बालबालिका मध्ये एकमा यस्तो समस्या देखिने गरेको छ । नियमित वर्षापछिको साउन, भदौ र असोज महिनामा यस्तो समस्या बढी देखिने यस्तो बेलामा आँखाको सुरक्षामा विशेष ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।

आँखाको क्यान्सर (रेटिनोब्लास्टो) करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्ने चिकित्सकहरुले बताएका छन । यो रोग वंशानुगत पनि हुन सक्छ । वंशानुगत रुपमा यस्तो रोग देखिएका बालवालिकाहरुले विशेष ध्यान पु¥याउन आवश्यक हुने आँखा रोग विशेषज्ञको सुझाव रहेको छ । आँखामा पनि क्यान्सर हुन्छ भन्ने चेतनाको अभावले आँखाको क्यान्सरका बिरामीहरु बढ्दै गएका छन् । रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो । आँखा रोग विशेषज्ञ डाक्टर इन्दु शर्माका अनुसार नवजात शिशुदेखि ५ वर्षभन्दा मुनिका बालबालिकामा यस्ता समस्या बढी देखिन्छ ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनुका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्दछ । नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर ३०–७० प्रतिशत रहेको तथ्याङ रहेको बताइन्छ । विकसित देशमा भने मृत्युदर १ प्रतिशतभन्दा कम रहेको छ । यो रोग समयमै उपचार नभएमा बालबालिले दृष्टि समेत गुमाउने भएकोले शरीरको अन्य अङ्गमा फैलिन नदिन तथा ज्यान समेत जान सक्ने भएकोले रोग लाग्नै नदिने प्रयास गर्नु उचित हुने चिकित्सकको सुझाव छ ।

जनचेतनाको कमीका कारण बिरामीहरु उपचारका लागि ढिलो अस्पताल पुग्ने र आर्थिक अभावको कारण उपचार नगरी फर्कने गरेकोले मृत्युदर बढ्दै गएको छ । मृत्यु र रोगीको संख्या बढेको बताइए पनि अस्पतालहरुले तथ्यांक भने नराखेको पाइन्छ । रोगीको संख्या र मृत्युदरलाई घटानउ आँखाको क्यान्सरबारे देशभरका २७ वटा अस्पतालमा अहिले अनुसन्धान शुरु गरी जनचेतनामूलक कार्यक्रमहरु आयोजना हुँदै आएको छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम हुने भएकोले आँखाको उचित स्याहार गरि यस्तो रोगवाट वच्न सकिने चिकित्सकको सुझाव छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);