यसकारण आँखाको क्यान्सर खतरनाक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यसकारण आँखाको क्यान्सर खतरनाक

आँखा मानव शरीरको संवेदनशील अंग हो । आँखामा हुने सानो खराबीले पनि मानिसलाई अत्यधिक दुःख दिन्छ । त्यसैले, आँखाको सुरक्षा निकै महत्वपूर्ण छ । आँखाको सुरक्षामा लापरबाही भएमा क्यान्सरसमेत हुन सक्छ, जुन अत्यन्तै खतरनाक छ ।

डा. वेन लिम्बू
आँखारोग विशेषज्ञ

जिनको खराबी
कतिपयलाई जिनबाट आँखाको क्यान्सर हुन सक्छ । त्यसैले बुबाआमामा भएको क्यान्सर छोराछोरीमा पनि सर्ने गर्छ । जिनले शरीरका अंग विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्छ । आँखाभित्रबाट आउने क्यान्सर प्रायः जिनकै कारणले हुने गर्छ ।

घाममा धेरै हिँड्दा
घामको किरण पनि आँखाका लागि हानिकारक साबित हुन सक्छ । घाममा अल्ट्रा भाइलेन्ट हुने भएकाले क्यान्सर उत्पन्न गर्नका लागि यसको किरणले सहयोगी भूमिका निर्वाह गर्छ । अझ सेतो छाला भएको मानिसमा आँखाको क्यान्सरको सम्भावना बढी हुन्छ ।

धुलो–धुवाँका कारण
आँखाको क्यान्सरबाट बच्नका लागि धुलो, धुवाँबाट पनि जोगिन जरुरी हुन्छ । धुलो, धुवाँमा भएका विभिन्न केमिकल र कीटाणुले क्यान्सर उत्पादन गर्छ ।

लक्षण
आँखावरिपरिका क्षेत्रको मासु अस्वाभाविक रूपमा बढेमा आँखाको क्यान्सर हुन सक्छ । आँखावरिपरि आएका घाउ, खटिराले पनि आँखाको क्यान्सर गराउन सक्छ । यस्ता घाउ खटिरामा रङ परिवर्तन भइरह्यो भने आँखाको क्यान्सर हुन सक्छ । कतिपयलाई आँखावरिपरि नदुख्ने प्रकृतिका डल्ला देखिन सक्छ । यसले पनि क्यान्सर बनाउन सक्छ ।

यसकारण खतरनाक
आँखामा हुने क्यान्सरका कारण विश्वमा धेरै मानिसको ज्यान जान्छ । यसको मुख्य कारण के भने आँखाको क्यान्सर बिस्तारै ब्रेनमा पुग्छ र यसले छोटो अवधिमै ज्यान लिन्छ । खासमा आँखाको छालादेखि यसको क्यान्सर सुरु हुन्छ । कतिपयलाई भने पेट, कलेजो, बोनम्यारो, छालालगायतमा भएको क्यान्सर पनि सर्दै आँखासम्म पुग्ने गर्छ । विशेषगरी बूढाबूढीमा आँखाको क्यान्सर देखिने गर्छ ।

नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);