आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

aakha

काठमाडौं, ३ जेठ । आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।

चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्ष्यणहरू हुन् ।

उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);