कास्कीमा सेतो पुतलीको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कास्कीमा सेतो पुतलीको बिगबिगी

मदन गिरी ,
कास्की । कास्कीको पोखरा लगायत जिल्लाका विभिन्न स्थानहरुमा पछिल्लो केही समय यता सेतो पुतलीको बिगबिगी बढेको छ ।

प्रत्येक एक वर्ष विराएर आउने यो पुतली मानव स्वास्थ्यको लागि निकै घातक मानिएको छ । यस पुतलीको झुसबाट आँखा सम्बन्धी रोग लाग्ने चिकित्सकको भनाई छ ।

चिकित्सकहरुका अनुसार यो पुतलीको बिगबिगीसँगै पोखरामा आँखासम्बन्धी समस्या भएका विरामीको संख्या बढेको छ । आँखासम्बन्धी समस्या कारण पोखराको आँखा अस्पताल घारीपाटन, हिमालयन लगायतका आँखा अस्पतालमा विरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार पुतलीको झुसका कारण आँखाको सापु रोग लाग्न सक्दछ जसले गर्दा समयमै उपचार भएन भने आँखाको ज्योतिका साथै आँखा नै गुमाउनु पर्नेसम्म हुनसक्छ ।

यो रोग लागेको आफूलाई थाहा नहुने र थाहा हुँदा सम्म उपचारको लागि ढिला भएमा आँखा नै गुमाउनु पर्ने हुन्छ र धेरैले आफ्नो आँखा गुमाएका अस्पतालले जानकारी दिएको छ । यो सेतो पुतली निकै खतरनाक भएको अस्पतालले जनाएको छ । सेतो बत्ती भएको पोखराको विभिन्न ठाँउमा यो पुतली रातको समयमा देख्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);