शिक्षक दरबन्दी मिलानविरुद्ध परेको रिट अदालतबाट खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शिक्षक दरबन्दी मिलानविरुद्ध परेको रिट अदालतबाट खारेज

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानको निर्णयविरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ ।

नगरपालिकाका हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यकासाथ गरिएको दरबन्दी मिलानविरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो ।

पटक–पटकको पेसी र बहसपछि बिहीबार अदालतले उक्त रिट खारेज गर्ने अन्तिम फैसला सुनाएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए ।

०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले १ पुस ०७७ मा दरबन्दी मिलान गर्दै सबै मावि तहकै शिक्षक पठाउने र तिनै मावि शिक्षकलाई प्रअको जिम्मेवारी दिलाउने तयारी गरेको थियो । सोही निर्णयविरुद्ध नगरवासी प्रदीप राई, शेषकुमार पौडेल र अकिल राईले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा ९ पुस ०७७ मा रिट दायर गरेका थिए ।

विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले माविमा मावि तहकै स्थायी शिक्षकलाई पठाउने निर्णय गरेको थियो । प्रावि वा आधारभूत तहका शिक्षक प्रअ हुने, तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माविमा स्थायी शिक्षकको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको मेयर इवन राईले बताए ।

नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभूत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले भने शिक्षकको विभेदपूर्ण सरुवा गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);