कान्ति बाल अस्पतालमा आइसियूको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कान्ति बाल अस्पतालमा आइसियूको अभाव

kanti bal hospital

प्रमिला भण्डारी
काठमाडौं, २ असोज । कान्ती बाल अस्पताल नेपालको एक मात्र सरकारी बाल अस्पताल हो । सरकारी अस्पतालमा सर्वसुलभ सेवा मिल्छ भनेर टाढा टाढाबाट विरामीहरु यहाँ आउने गर्दछन् ।

यहाँ दैनिक एक हजारको हाराहारीमा विरामी आउने गरेका छन् । तर सेवा दिन नसकेर अन्यत्र रिफर गर्नुपर्ने अवस्था आउने गरेको छ । अस्पतालमा आईसियु सेवा पर्याप्त नभएको कारण आईसियुमा राख्नु पर्ने विरामिलाई अन्यत्र पठाउनु पर्ने अवस्था आएको हो । अस्पतालबाट सहज सेवा पाउन नसकेपछि टाढाटाढाबाट अस्पताल आएका विरामीका आफन्त आत्तिएका छन् ।

सृजना विक मात्र होइन त्यहाँ पुग्ने अधिकांश विरामीका आफन्तको पीडा उस्तै छ । डाक्टरहरुले विरामि अन्तीम अवस्थामा छ । आईसियुमा राख्नु पर्छ भनेर जानकारी गराउने तर अस्पताल प्रशासनले भने आईसियु खाली छैन भनेर अन्यत्र रिफर गरेपछि आर्थिक अवस्थाको अभावमा विरामिहरु बाध्य भएर त्यहिँ बसिरहेका छन् । बाहिर निजी अस्पतालमा जान नसक्नेहरु महिनौ कुरेर पनि त्यही बस्ने गरेका छन् ।

अस्पतालमा आईसियु सेवाको लागी भनेर ५२ बेडबाट आईसियु सञ्चालन सुरु गरिएको थियो । तर पर्याप्त नर्स तथा डाक्टर नुहँदा आईसियु सेवा खुम्चीएर अहिले ३०/३२ बेडमा सिमित भएको छ । अस्पतालमा अन्य केहि समस्या नभए पनि आईसियुकै कारण धेरै विरामिहरुलाई अन्यत्र रिफर गर्न अस्पताल प्रशासन बाध्य छ ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका विरामिहरु भने सरकारी अस्पतालमा सर्वसुलभ सेवा पाईन्छ भनेर त्यहिँ जाने गर्दछन् । आईसियु सेवा सरकारी अस्पतालको तुलनामा निजि अस्पतालमा बढि महङ्गो हुने गर्दछ ।

सस्तो सेवा भनेर कान्ती बाल अस्पतालमा पुग्ने आर्थिक अवस्था कमजोर भएका विरामिहरु अलपत्र पर्ने गरेका छन् । कान्ति बाल अस्पतालमा इन्टरमिडियट सेवा अर्थात् पिङकु वार्ड सञ्चालन पश्चात भने उपचारमा केहि सहज भएको छ । अस्पतालमा एउटै बच्चा दुई महिनासम्म आइसियूमा बस्ने गरेकाले पनि समस्या देखिएको अस्पताल प्रशासनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);