व्यस्त सहरको ध्वस्त सडक ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

व्यस्त सहरको ध्वस्त सडक !

dhosta sadak

काठमाडौं, २७ माघ । सडकको दुरावस्थाका कारण धुलो धुवाँमा बस्न बाध्य ललितपुर महानगरको पाटनस्थित मुख्य पर्यटकीय क्षेत्र पाटन दरबार क्षेत्रका वासिन्दा आजित भइसकेका छन । मगंलबजारबाट सुन्धारासम्मका स्थानीयहरुले विरोध जनाएका छन् । मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउने नाममा खनिएको सडक बेलैमा नबन्दा स्थानीयहरु आन्दोलन गर्ने स्थितिमै दखिन्छन् ।

ललितपुरको पाटन दरबार क्षेत्र मगंलबजारबाट सुन्धारा हुँदै ग्वार्को जाने सडक खाल्डाखुल्डी अनि धुलाम्मे छ । यो सडकको छेउमा सरकारलाई प्रश्न गरिएका साइनबोर्डहरु देख्न सकिन्छ । सडक बनाउन आन्दोलन आवश्यकै हो ? सरकार धुलो प्रदुषण कहिले सम्म ? भिजिट नेपाल २०२० को सडक अवस्था यस्तै हो ? जस्ता प्रश्न भएका साइन बोर्डहरु यो सडकमा देख्न सकिन्छ ।

सडकको धुलो धुवाँले आजित भईसकेका स्थानीयहरुले ललितपुर महानगरपालिका र ललितपुर सडक डिभिजन कार्यालयमा पटक पटक पत्राचार गर्दा पनि चासो नदेखाए पछि सम्बन्धित निकायलाई झकझक्याउन यस्तो तरिका अप्नाएका हुन् । पर्यटकीय क्षेत्रका रुपमा रहेको पाटनको व्यस्त सडक तर ध्वस्त भएका कारण धुलोले स्थानीयलाई सास्ती गरेको छ भने पर्यटक संख्यामा कमी आएकाले व्यापार समेत हुन छोडेको स्थानीयहरुको गुनासो छ ।

मेलम्ची खानेपानीले यहाँको सडक ५ पटकसम्म खनेको स्थानीयहरुको आरोप छ । मेलम्चीले काम सकाएको लामो समय भइसक्दा पनि सडक निर्माण नहुँदा स्थानीयहरु आजित भएका हुन् भने आवातजावत गर्ने यात्रुलाई पनि निकै सास्ती भएको छ ।
dhosta sadak1
ललितपुर महानगरपालिकाले भने यो कार्य सडक डिभिजनको जिम्मेवारी अन्तर्गत परेको जनाएको छ । महानगरपालिकाका प्रवक्ताका अनुशार मेचम्ची खानेपानी विभागले सो सडकको निर्माणका लागि सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।

यता सडक डिभिजन कार्यालयका प्रमुख अमृत मणि रिमालले भने सडक निर्माण कार्य चाँडै नै शुरु गरिने र आउँदो फागुणको अन्तिम सम्ममा निर्माण कार्य सकाउने बताउनु भयो ।

यसरी उपत्यकाकै महानगरको मुख्य पर्यटकीय क्षेत्रमा पनि महिनौँदेखि सडकको यस्तो अवस्था हुनु लज्जास्पद हो । स्थानीयहरुले सरकारलाई गरेको प्रश्न जस्तै के नेपाल भ्रमण वर्ष २०२० को लागि सडक अवस्था यस्तै हो त ? या सडक निर्माणका लागि आन्दोलनको नै आवश्कता पर्छ ? ठेक्का दिने र ठेक्का पाउने सम्बन्धित निकायले सोच्नु पर्ने विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);