काठमाडौंको सितापाइला-भीमढुंगा सडकको अवस्था दर्दनाक | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

काठमाडौंको सितापाइला-भीमढुंगा सडकको अवस्था दर्दनाक

मनिषा महर्जन
काठमाडाैं ३ साउन । राजधानीको अति व्यस्त सडक कलंकी नागढुङगा सडकको विकल्प बन्न सक्ने सितापाइला भीमढुङगा सडक निर्माण कार्य अलपत्र अवस्थामा छ । वर्षाेैदेखिको निर्माणाधिन यो सडक अहिलेको वर्षाले हिंडि नसक्नुको भएको छ ।

सडकमा ठूलाठूला खाल्डा खुल्डी, जमेको पानी र हिलोले स्थानीयले धेरै सास्ती खेप्नु परेको छ । पैदल यात्रुलाई मात्र होइन सवारी साधन चलाउनेलाई पनि निकै सकस छ । सडकको नाजुक अवस्थाले आजित भएका स्थानीयले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने साँसद तथा नागार्जुन नगरपलिकाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो सडकको अवस्था हेर्दा लाग्छ, यो कुनै दुर्गम ठाउंको बन्दै गरेको सडक हो । कुनै विकट गाउँसंग जोडिने सडक जस्तो देखिन्छ । सडकका खाल्डा खुल्डी, हिलो, धुलो र अव्यवस्थित ढलले यसै भन्छ ।

तर यो सडक दुर्गम ठाउँको नभई देशको राजधानी काठमाडौँ कै हो । नागार्जुन नगरपालिकामा रहेको सितापाइलाबाट भीमढुङगा जाने सडक हो यो । यसलाई सितापाइला रामकोट सडकको रुपमा पनि चिनिन्छ ।

यो सडक अवस्था यस्तो भएको धेरै भईसक्यो । यहाँका स्थानीयहरु हरेक दिन यस्तो सडकमा आवातजावत गर्न बाध्य छन् । यो सडकको निर्माण अरु बेला त हुन सकेन नै असारे बजेटले समेत यो सडकको अवस्थालाई देखेन ।

यो सडक निर्माणका लागि यहाँका स्थानीयहरुले शुक्रबार एक कार्यक्रममा क्षेत्रका सांसद तथा नगरपालिकाको गम्भीर ध्यानाकार्षण गराएका छन् । राजनैतिक दलहरु लगायत जनप्रतिनिधिहरुलाई बेलाबेलामा घच्घचाए पनि आश्वासन बाहेक कुनै कार्य नभएको आजित भएका स्थानीयहरुको गुनासो छ ।

स्थानीयहरुको गुनासोका सम्बन्धमा नागार्जुन नगरपालिकाका उपमेयर सुशिला अधिकारीले जनप्रतिनिधिहरुले आफ्नो स्थानबाट सक्दो कार्य गरिरहेको बताउनु भयो । सडक निर्माणका लागि आउनु पर्ने बजेट आर्थिक वर्षको अन्त्य तिर मात्र आएकाले सडक निर्माण हुन नसकेको उहाँले स्पष्ट पार्नु भयो ।

कार्यक्रममा सहभागी हुनुभएका प्रदेश ३ का सांसद अष्टलक्ष्मी शाक्यले आफुले ठेकेदारलाई पटकपटक भेटेर निर्माण कार्य निरन्तरता दिन सम्झाएको बताउनु भयो ।

कार्यक्रममा सहभागी सांसद, जनप्रतिनिधि, स्थानीय सबैले सडक निर्माणका लागि समन्वय गरेर अगाडी बढ्ने ऐक्यबद्धता जनाएका छन् । संधै जसो जाम भईरहने कलंकी सडकको विकल्पको रुपमा प्रयोग गर्न सकिने यो सडक बन्न सकेमा कलंकी सडकमा जाम तथा चाप कम हुने विज्ञहरुको बुझाई छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);