आइतबारसम्म मध्यमदेखि भारी बर्षाको संभावना | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

आइतबारसम्म मध्यमदेखि भारी बर्षाको संभावना

rain

काठमाडौं, ४ साउन । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आइतबारसम्म देशका केही स्थानमा मध्यमदेखि भारी बर्षा हुने संभावना रहेको मौषम पुर्वानुमान शाखाले जनाएको छ ।

महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बग्ने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी मौषमबिदले देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बग्ने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेका छन ।