केही स्थानहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

केही स्थानहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांस क्षेत्रमा हल्कादेखि मध्यम र भारी वर्षा हुने सम्भावना रहेको छ ।

आइतबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारी बर्षाको पनि संभावना रहेको छ ।

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी प्रदेश नं १, प्रदेश २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारी बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);