देशका यी स्थानहरुमा आज पनि भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

देशका यी स्थानहरुमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले देशभर सामान्य बदलीको अवस्था छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यद्यपी प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भाबना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखा आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);