कुचोको साटो दुई करोडको ‘ब्रुमर’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कुचोको साटो दुई करोडको ‘ब्रुमर’

broomer

ललितपुर, ८ बैशाख । ललितपुर महानगरपालिकाले सडक सफा गर्न कुचो र झाडुको साटो करोडभन्दा बढी मूल्य पर्ने ‘ब्रुमर’ खरिद गर्ने भएको छ। कुचीकारको परम्परागत झाडुभन्दा सडक सफा गर्न ब्रुमर उत्कृष्ट हुने दाबी महानगरको छ। खर्चको हिसाबले पनि सस्तो पर्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘दुई वटा ठूला ब्रुमर खरिद गर्ने योजना छ तर महानगरपालिकाले तत्काल एउटाको मात्र टेन्डर खुलाएको छ’, उनले भने।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक सफा गर्दा धुलो, धुवाँ उडाएर बटुवालाई दुःख दिन नमिल्ने भनाइ महर्जनको छ। आफूले चुनावी अभियानका क्रममा धुलो नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको पनि उनले स्मरण गरे। मेलम्ची खानेपानी वितरण आयोजना अव्यवस्थित भएकाले आफूले प्रतिबद्धता पूरा गर्न नपाएको पनि उनले सुनाए। ‘मेलम्ची आयोजना व्यवस्थित हुनासाथ ललितपुरलाई सबैभन्दा उत्कृष्ट सहर बनाउँछु’, उनको दाबी छ।

सडक विभागले अघिल्लो महिना सानो आकारको एउटा ब्रुमर ललितपुर महानगरपालिकालाई उपलब्ध गराएको छ। तत्काल एउटा मात्र ब्रुमर खरिदका लागि टेन्डर गरिएको महानगरका प्रवतmा राजु महर्जनले जानकारी दिए। उनले भने, ‘हाललाई २ करोड ४० लाख रुपैयाँको ब्रुमर खरीद गर्न लागिएको छ।’

मूल सडक सफा गर्न ठूलो ब्रुमर चलाइने छ। सडकको अवस्था हेरी तत्काल कुपन्डोलदेखि लगनखेलसम्म ठूलो ब्रुमर प्रयोग गरिने जानकारी महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले जानकारी दिए। उनले भने, ‘पाटन दरबार स्क्वायर, कृष्णमन्दिरजस्ता पर्यटकीय क्षेत्र दृष्टिगत गरी सानो ब्रुमर त्यहाँ प्रयोग गरिने छ।’

अमात्यका अनुसार कुचोले बढार्दा सफा नहुने र धुलो उड्छ। तर ब्रुमर लगाउँदा धुलो नउड्ने र कुचोले बढार्न नसक्ने फोहोर ब्रुमरले सफा गर्छ। मूल्यका हिसाबले एक किलोमिटर सडक सफा गर्न चार जना कुचीकार चाहिने पनि उनले जानकारी दिए। ‘एक जनालाई मासिक १८ हजार तलब दिनुपर्छ तर ब्रुमरले एक घण्टामा धेरै काम गर्छ र १८ लिटर इन्धन खपत हुन्छ। त्यसैले सस्तो पर्न आउँछ’, उनले भने।

ब्रुमर धेरै किसिमले लाभदायी भए पनि सञ्चालन चुनौतीपूर्ण छ। अमात्यका अनुसार ब्रुमरमा जडित ब्रसले फोहोर राम्ररी ताने पनि सडकको अवस्था राम्रो नभए चाँडै बिग्रने सम्भावना रहन्छ। खाल्डाखुल्डी भएका ठाउँमा ब्रस भाँचिने जोखिम पनि हुन्छ। एउटा ब्रसको मूल्य ४० हजार रुपैयाँ पर्ने र कुनै सामान बिग्रे विदेशबाट झिकाउनुपर्ने हुन्छ। ‘महानगरपालिकाले परीक्षणका रूपमा काम गर्न लागेको हो’, उनले भने। ठूलो ब्रुमर खरिदका लागि दुई साताभित्र सबै प्रक्रिया पूरा हुने महानगरले जनाएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);