ललितपुरमा पनि सडक सफाइका लागि २ वटा ब्रुमर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरमा पनि सडक सफाइका लागि २ वटा ब्रुमर

lalitpur broomer

ललितपुर, २४ साउन । ललितपुर महानगरपालिकाले पनि सडक सफाइका लागि २ वटा ब्रुमर संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिनु भएको हो ।

मेयर महर्जनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताउनु भयो ।

अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);