नेपालगञ्जका आधा दर्जन फर्निचर पसलमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपालगञ्जका आधा दर्जन फर्निचर पसलमा भीषण आगलागी

nepalgunj aaglagi

नेपालगञ्ज, २४ साउन । बिहीबार राति नेपालगञ्जमा भीषण आगलागी भएको छ । वीपीचोकको गुरुद्वारा पूर्वका आधा दर्जन फर्निचर पसलमा आगलागी भएको हो । राति सवा ११ बजेबाट आगो लागेको बताइएको छ । नेपालगञ्जमा रहेका तीन वटा दमकल र ठूलो संख्यामा रहेका प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार तीन वटा दमकलले आगो निभाउन नसकेपछि एयरपोर्टबाट अर्को दमकल मगाएको बताउनु भयो । उहाँका अनुसार आगो नियन्त्रणका लागि जिल्ला प्रहरी, वडा, दंगा गणबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

आगलागिबाट लस्करै रहेका आधा दर्जन फर्निचर पसल खरानी भएको छ । विजुलीको तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);