राष्ट्रपति भण्डारीद्वारा प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन

rastrapati bhandari awalokan

काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन गरेकी छिन् ।  विश्व विपद् न्यूनीकरण दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक विज्ञान संग्राहलयको उद्यानमा वृक्षरोपणसमेत गरिन् ।

rastrapati brikshyaropan

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलले संग्राहालयलाई केबल जीवजन्तु र बोटबिरुवाको संकलन हुने थलोको रुपमा मात्र सिमित राख्न नहुने भन्दै यसको बहुआयामिक उपयोगमा जोड दिनुपर्ने बताए ।

मन्त्री पोख्रेलले नेपालमा भएका जडीबुटीको अध्ययन गरी यसलाई संस्कृतिसँग पनि जोड्न सके संग्रहालयको महत्व झन् बढ्ने बताए । उनले संग्रहालय व्यवस्थित गर्न मन्त्रालयले विश्वविद्यालयसँग मिलेर थप पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले स्यम्भु पुरातात्वीक सम्पदा भएकाले यसको वरपरको जग्गा अतिक्रमण रोक्नुपर्ने भन्दै सरकालाइ ठोस कदम चाल्न खाग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);