सार्वजनिक विद्यालय विज्ञान र प्रविधिसँग जोडिनुपर्छ : शिक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सार्वजनिक विद्यालय विज्ञान र प्रविधिसँग जोडिनुपर्छ : शिक्षामन्त्री पोखरेल

girirajmani pokhrel

सिराहा, ११ कात्तिक । शिक्षा, विज्ञान तथा प्रवृधीमन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् । आईतबार सिराहामा सिटिईभिटीबाट अनुमति प्राप्त सिभिल इन्जिनियरिङ तीन वर्षे कोर्षको उद्घाटन कार्यक्रममा पुगेका मन्त्री पोखरेलले सार्वजनिक विद्यालय समेत विज्ञान र प्रविधिसँग जोडिनुपर्ने बताए । उनले मानिसको जीवन पद्धती र जीवन शैली पनि प्रविधिमैत्री हुनुपर्ने बताए ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा धेरै ठूलो लगानी गरेपनि भनेजस्तो प्रतिफल आउन नसकेको गुनासो गरे । उनले शिक्षा क्षेत्रमा २२ बुँदे सार्वजनिक विद्यालयको सुधारको कार्यक्रम घोषणा गरिसकेको र त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले समेत एक्सन प्लान बनाएर अगाडी बढ्नुपर्ने बताए ।

त्यसैगरी, कार्यक्रममा प्रतिनिधी सभाका सदस्य सीतादेवी यादवले इन्जिनियरीङ कोर्षबाट यस क्षेत्रका स्थानीयहरु लाभान्विय हुने धारणा राखेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);