सिर्जनालाई पाँच अपाङ्ग छोराछोरी हेरचाहको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिर्जनालाई पाँच अपाङ्ग छोराछोरी हेरचाहको चिन्ता

मोरङ । मोरङ रतुवामाई—८ सिकिम्मेकी सिर्जना घिमिरे बुढेशकालमा पनि पाँचजना जवान छोराछोरीको हेरचाहमा व्यस्त छिन् । ३९ वर्षीया निर्मला, ३७ वर्षीय निर्मल, ३३ वर्षीय उमेश, २४ वर्षीया पार्वता र २३ वर्षीया गोमा शारीरिक रूपमा अपांगता भएपछि उनीहरूको हेरचाहमा सिर्जना व्यस्त रहेकी हुन् ।

श्रीमान् तुलसीराम ढुंगानाको निधनपछि अपांगता भएका छोराछोरीको स्याहारसुसार  मात्र होइन पालनपोषणको जिम्मेवारी समेत सिर्जनाको काँध परेको छ । 

सुस्त मनस्थितिका छोराछोरीको हेरचाह गर्नुपर्ने र घर व्यवहार धान्नुपर्ने सिर्जनाले भनिन्, ‘छोराछोरीले जे भेट्यो त्यही खान्छन्, सामान तोडफोड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने, दिसा, पिसाब गरेको पनि थाहा पाउँदैनन् ।’ उनीहरूकै हेरचाहमा दिन बित्ने उनी बताउँछिन् । ‘पाँच अपांग छोराछोरी स्याहार्दै दिन जान्छ’, गहभरि आँशु पार्दै सिर्जनाले भनिन्, ’कतै निस्कन नै मिल्दैन ।’ 

आफू पनि बिरामी रहेको बताउने सिर्जना छोराछोरीको स्याहार र पालनपोषण गर्न निकै गाह्रो भइरहेको दुखेसो पोख्छिन् । ‘शरीरमा बल हराइसकेको छ, मेरो पाठेघरको अप्रेसन गरिएको छ, स्वयं आफैँ रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन् ।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिँदैन । सिर्जनाले छोराछोरीका लागि भएभरको सम्पत्ति सकिसकेका बताइन् ।  

खानासमेत खुवाइदिनुपर्ने छोराछोरीको स्याहार कसरी गर्ने भन्ने चिन्ताले सिर्जनालाई सताउन थालेको छ । ‘एकछिन छोड्यो भने खानेकुरासमेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ । एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन ।  अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला’, उनले भनिन् । 
सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने उनको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);