पाल्पा, १६ बैशाख । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जन्ती सवार जीप अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको अझै सनाखत भएको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।




