भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी, ५ मंसिर । भारतको उत्तरप्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको उक्त सवारी दुर्घटनामा ६ जना बालबालिकासहित १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ । यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);