ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

ambulance

काठमाडौं, १६ बैशाख । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले एम्बुलेन्स सेवा प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आइतबार भएको सम्झौताअनुसार वृद्ध–वृद्धा र अपांगता भएका व्यक्तिले निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पाउने भएका हुन् ।

विपन्न, गरिब र बेसहराले पनि निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पाउनेछन् । महानगरको सम्बन्धित वडा कार्यालयको सिफारिसमा उनीहरूलाई निःशुल्क सेवा दिइनेछ । एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आइतबार मेयर विद्यासुन्दर शाक्य र सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

आपत्कालीन स्वास्थ्य सेवा उचित समयमा उपलब्ध नहुँदा महानगरवासी धेरैले अल्पायुमै अंगभंग हुने र ज्यान गुमाउनु परिरहेकाले बिरामीलाई तत्काल एम्बुलेन्स सेवा दिन सम्झौता गरिएको महानगरले जनाएको छ । सेवा सञ्चालनका लागि महानगरले प्रतिएम्बुलेन्स मासिक एक लाख २० हजार नेपाल एम्बुलेन्स सेवालाई दिनेछ । सेवासँग अहिले १० वटा एम्बुलेन्स छन् । संयुक्त सञ्चालित एम्बुलेन्समा ‘काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिनेछ । ‘१०२’ मा फोन गरेर जुनसुकै वेला सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

महानगरले सकेन, तपाईं गर्नुस् : मेयर शाक्य 
मेयर शाक्यले महानगर आफैँले एम्बुलेन्स सञ्चालन गर्न खोजे पनि असफल भएकाले एम्बुलेन्स सेवासँग सहकार्य गरिएको बताए । ‘हामीले पनि एम्बुलेन्स सञ्चालन गर्न खोजेका थियौँ, तर सकेनौं,’ उनले भने, ‘हामीले किनेका एम्बुलेन्स अन्य स्वास्थ्य संस्थालाई हस्तान्तरण ग¥यौँ ।’ गुणस्तरीय सेवा दिए आगामी वर्षको बजेटमा दुईवटा एम्बुलेन्स महानगरले खरिद गरिदिनेसमेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);