संवादको प्रयासलाई कमजोरी नठान्न नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संवादको प्रयासलाई कमजोरी नठान्न नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन ।

पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने बताएका छन् ।

ओलीले भने ‘सकेसम्म साथिहरुलाई, हरेकलाई हामी गल्ति महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरी बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी ओलेर हिन्दापनि आफूले कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन, नगरा पिटाएका हुन । हाम्रा विरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्रा विरुद्ध भएको छ । तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिन्दा पनि अहिले सम्म हामी कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाईबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ सच्चाउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस भन्ने कुरामा छ ।’

पार्टी विरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन नसकिने बताएका छन । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टी भित्र गुट बनाएर भागवण्डा नचल्ने बताए । उनले भने, ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, उनले भने ‘पार्टीकै नाउँमा पार्टी भित्रबाट कहिं फ्लोर क्रस गर्ने नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति सारो अराजक, यस्तो दृस्य कहिं कहिल्यै पनि देखिएको छैन । बरु अलग भएका छन् । पार्टी भित्रै बस्ने अनुशासन हिन काम गर्ने, फ्लोर क्रस गर्ने र गर्व गर्ने त्यसमा पनि, फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने यस प्रकारका प्रवृतिहरु हामीले देखेका छौं । यस्ता प्रवृतिहरुका विरुद्ध हामी जुधिरहेका छौं उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);