प्रधानमन्त्रीको जम्बो टोली गोरखा उड्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीको जम्बो टोली गोरखा उड्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक दलबलसहित गोरखा हिडेका छन् ।  आजदेखि सुरु हुने ११औं गोरखा महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज गोरखा जान लागेका हुन् ।

उनको साथमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाई, छोरी गंगा दाहाल पनि गोरखा गएका छन् ।  प्रचण्ड गोरखा–२ बाट गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा भारी मतले निर्वाचित भएका थिए ।

उनी पुस १० गते नेकपा एमालेसहित सात पार्टी र तीन सांसदहरुको समर्थनमा प्रधानमन्त्री बने ।  उनले मंगलबार संसदबाट विश्वासको मत पाए । प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);