गोरखा जाँदै प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोरखा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल दिलबहादुर रम्तेलको स्मृति सभालगायतका कार्यक्रममा सहभागी हुन बारपाक सुलिकोट जाने भएका हुन् ।

उनले मतदाता एवं कार्यकर्ताहरुलाई पनि पालुङटारमा भेटघाट गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

आज बिहान प्रचण्ड ११ बजे बारपाक सुलिकोट पुग्दैछन् । प्रचण्ड गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट भारी मतान्तरले निर्वाचित भएका थिए । FIle Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);