प्रचण्ड आज गोरखा जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ,७ चैत्र । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जादैछन् । प्रधानमन्त्री प्रचण्ड पालुङटार नगरपालिकाको बिमिरेमा ८० करोड रुपैयाँ लागतमा निर्माण हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न गोरखा जाने भएका हुन् ।

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रधानमन्त्री प्रचण्डसँगै गोर्खा जाने बुझिएको छ ।

वूड हिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ । गोरखा प्रचण्ड, बाबुराम र नारायण काजीको निर्वाचन क्षेत्र पनि हो । file photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);