पुर्खौली घरमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पुर्खौली घरमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई (फोटोफिचर)

काठमाडौं, ७ चैत्र । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुर्खौली घर गोरखा पुगेका छन् । पुर्खौली घरमा सोमबार पुगेका भट्टराईले एक रात बिताए ।

सामाजिक सञ्जालमार्फत भट्टराई उजाड बन्दै गएको गाउँघर घुमघाम गरेको दृश्य पनि सार्वजनिक गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि गोरखा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड पालुङटार नगरपालिकाको बिमिरेमा ८० करोड रुपैयाँ लागतमा निर्माण हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न गोरखा जाने भएका हुन् ।

शिलान्यास कार्यक्रममा डा भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा पुग्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);