प्रचण्डको दोस्रो इनिङस ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

प्रचण्डको दोस्रो इनिङस ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, चैत्र ७ । चुनावी गठबन्धन त्यागेर एमालेको समर्थनमा पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनुभएको हो। प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २ सय ६२ सांसदमध्ये प्रचण्डको विपक्षमा ८९ सांसदको मत प¥यो । त्यस्तै नेमकिपा ’मत दिन्न’ भन्ने पक्षमा उभियो । प्रधानमन्त्री प्रचण्डलाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरे ।

यसअघि पुस ११ मा शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);