नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार सत्तागठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेपछि आज मन्त्रिपरिषद विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको आज १ बजे शपथ लिने तय गरिएको छ ।

सत्तासाझे दलहरुबीच हिजो राति अबेरसम्म बसेको उच्च स्तरीय राजनीतिक बैठकले मन्त्रालयको भागवण्डामा टुंगो लगाएसँगै मन्त्रिपरिषदको विस्तार हुन लागेको हो ।

बालुवाटारमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रवि लामिछानेले आज मन्त्रिपरिषद विस्तार गर्ने बताए । शपथपछि आजै ४ बजे सर्वदलिय बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);