सत्तारुढ १० दलको बैठक बस्दै, टुङ्गिएला मन्त्री भागबन्डा ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सत्तारुढ १० दलको बैठक बस्दै, टुङ्गिएला मन्त्री भागबन्डा ?

काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दै छ ।

मन्त्रालयको भागबन्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रयासमा शीर्षनेताहरुबीच भएको सहमति अनुसार आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाइएको हो । सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच आज गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री मन्त्रिपरिषद विस्तार हुन सकिरहेको छैन ।

मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरुबीच मन्त्रालयको भागबनडा मिलिसकेको छैन । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई एक साता बित्दा पनि मन्त्रिपरिषद पुरा गर्न सकस परिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);