मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

काठमाडौं,६ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । गत माघ ९ गते जनमत पार्टीका २ मन्त्रीहरुले मधेश सरकार छाडेपछि आज उनले फेरी विश्वासको मत लिन लागेका हुन् ।

जनमतका मन्त्रीहरुले राजीनामासँगै विश्वासको मत पनि फिर्ता लिएका थिए ।

सोही प्रयोजनका लागि आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

जसपाका यादव गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपटि उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);