मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

काठमाडौं, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदैछन् ।

मुख्यमन्त्री यादवले आज साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन् ।

पुरानो सत्ता समीकरणमा आवद्ध दल नेकपा एमाले सरकारबाट बाहिरिएकाले आजै यादवले विश्वासको मत लिन लागेको स्रोतले जनाएको छ ।

सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छ।

सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

एमालेले त्यतिबेला तीन वटा मन्त्रालय पाएको थियो। भौतिक पूर्वा‍‍धार मन्त्रालयमा सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्रालयमा शत्रुधनप्रसाद सिंह र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयमा राजकुमार लेखी थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);