मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने मुख्यमन्त्रीको दाबी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गर्नु भएको छ ।

बुधबार प्रदेशसभाबाट शतप्रतिशत विश्वासको मत पाएपछि मुख्यमन्त्री यादवले भष्ट्राचार मुक्त प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहाँले भ्रष्टाचार छानवीनका लागि ५ सदस्यीय छानवीन समिति गठन गरेको समेत स्मरण गराउनु भयो । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर अघि बढने भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रममा सबै दलसँग छलफल गरेर ल्याउने बताउनुभयो ।

मुख्यमन्त्री यादवले आवश्यक परे पुरक बजेट ल्याउन सकिने समेत बताउनु भयो । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);