बुधबार बसेको मन्त्रिपरिषदका निर्णय यस्ता छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बुधबार बसेको मन्त्रिपरिषदका निर्णय यस्ता छन्

काठमाडौं । सरकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

कार्ययोजना पारित भएपछि कार्यान्वयको प्रक्रियामा जाने गरी निर्देशन दिइएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बताउनुभयो । त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेटदा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने, उखुको मूल्य ५४० रुपैया तोक्दै सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरेको छ । क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको भन्दै सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने सरकारको भनाइ छ ।

देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेको भन्दै केहि दिन अघिमात्र गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयहरुलाई बन्द गर्न निर्देशन दिनुभएको थियो ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);