सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

बैठकमा क्रसर उद्योगसँग सम्बन्धी समस्याका बारेमा पनि छलफल भएको अर्थमन्त्री विष्णुपौडेलले जानकारी दिए ।

यसैगरि आजको बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रीपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);