काठमाडौं,२४ फागुन । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले २ बटा निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने निर्णय गरेको छ । यसैगरी, संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघ आयोग (सिएसडब्ल्यु) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ । नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको सहमतिमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको नियुक्ति गरेपछि मन्त्रिपरिषद्को यो पहिलो बैठक हो




