काठमाडौं,२४ फागुन । जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको हो ।
यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने समेत पक्का भएको छ ।
सरकारले जसपामा २ वटा मन्त्रालय पाएको छ ।
वनमन्त्रीमा नवलकिशोर साह जाने टुंगो लागिसकेको छ । राज्यमन्त्रीको बारेमा भने पार्टीमा छलफल भइरहेको छ ।




