कांग्रेसले भन्योः प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसक्नुभयो, उहाँको नेतृत्वमै प्रश्न छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेसले भन्योः प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसक्नुभयो, उहाँको नेतृत्वमै प्रश्न छ

काठमाडौं,२४ फागुन । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको छ । बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायको विधेयक काँग्रेसका कारण नरोकिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली काँग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली काँग्रेसप्रति न्याय गर्नुभयो । विश्वास, इमान गर्नुभयो र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा काँग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त काँग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ? यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुई वटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन् । कसले रोक्यो काँग्रेसले ?’

प्रमुख सचेतक लेखकले काँग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिनुभयो । उहाँले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उहाँले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्तँ गठबन्धन फेरिने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाउनु भयो । उहाँले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको बताउनु भयो । उहाँले अरु सबै गलत म मात्रै ठिक भन्ने घमण्ड नदेखाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाई यता उतीको कुरा नगर्नुस् तर यो भन्नुस् की काफिला किन लुटियो । मलाई काफी लुटिएको गुनासो छैन तर तपाईको नेतृत्वमा प्रश्न हो । नहुने कुरा भइसक्यो, अब इदर उदरको वात गरेर उन्मुक्ति पाइन्छ ? यदी १४ महिनामा काम भएका थिएनन्, गठबन्धन तपाईले भनेको जस्ते फेर्नुपर्दथ्यो, भने जाँदा त सबै जानुपर्ने हो नि । अरु सबै बेठिक म सबै ठिक भन्दा जनताले विश्वास गर्दछन् । काँग्रेसले लोभ गरेको छ भन्ने होला, लोभ गरेको छैन, काँग्रेसलाई दिनुहुन्न थाहा छ, तर बगलमा भएको साथीलाई दिनुस् न त । तपाईले साँच्चै सक्नुभएन नि । सक्नु भएन भने तपाई पनि जानुपर्छ नि ।’ उहाँले पार्टीले आधिकारिक रुपमा निर्णय नै नगरेको विषयलाई लिएर राजनीतिक घटना गराउनु काँग्रेसको कमजोरी नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);