प्रधानमन्त्री प्रचण्डद्धारा राजनीतिक बेइमानी भन्दै कांग्रेसले लगाएको आरोपको खण्डन | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

प्रधानमन्त्री प्रचण्डद्धारा राजनीतिक बेइमानी भन्दै कांग्रेसले लगाएको आरोपको खण्डन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी भन्दै कांग्रेसले लगाएको आरोपको खण्डन गर्नूृभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी भन्दै कांग्रेसले लगाएको आरोपको खण्डन गर्नूृभएको हो ।

उहाँले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताउनु भयो । प्रचण्डले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने तर्क गर्दै कांग्रेससँगको सहकार्य त्याग्ने निर्णयको बचाउ गर्नुभयो ।

उहाँले संसदमा भएका दलहरुले अविश्वास, आशंका र घृणा नभइ राष्ट्रिय मुद्दामा मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभए थियो ।

उहाँले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको भन्दै सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गर्नुभयो ।

बैठकमा नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने दाब िगनूृभयो । उहाँले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पार्नुभयो ।

उहाँले जनता र राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको भन्दै नयाँ गठबन्धनको बचाउ गर्नूभयो ।
उहाँले निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने वास्तविकता स्वीकारै गर्न नचाहेको आरोप लगाउनु भयो । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);