‘काँग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

‘काँग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्छ’

काठमाडौं,२७ फागुन । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले नेपाली काँग्रेसले नयाँ सत्ता समिकरणलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई धोका दिएको नेपाली काँग्रेसका नेताहरुले प्रतिक्रिया दिइरहेका बेला माओवादी केन्द्रका सांसद आलेमगरले नयाँ सत्ता समिकरणलाई स्वभाविक र सामान्य प्रक्रियामा रुपमा लिन सुझाव दिनुभएको हो । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद उहाँले केही मान्छेहरुले नयाँ सत्तासमिकरणप्रति तितो ओकलेको भन्दै त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा बुझनुपर्ने बताउनु भयो । सांसद आलेमगरले काँग्रेसप्रति लक्षित गर्दै आफूसँग हुँदा इमानी र नहुँदा बेइमानी भन्न नमिल्ने तर्क समेत गर्नुभयो । उहाँले सहयात्रा सधैंसँगै नहुने कुरालाई आत्मसात गर्न पनि काँग्रेस नेताहरुलाई आग्रह गर्नुभयो ।

सांसद आलेमगरले भन्नुभयो, ‘नयाँ समिकरण, नयाँ गठबन्धन बनेको छ । यसलाई गठबन्धन भन्दा पनि नयाँ सहकार्य, नयाँ सहयात्रा भन्दा ठिक होला । यतिबेला यो सभामा पनि केही दृष्यहरु फेरिएका छन् । यी स्वभाविक प्रक्रिया हुन् । हुनत यो विषयलाई लिएर केही मान्छेहरुले तितोपिरो अभिव्यक्त गरेको पनि पाईयो । तर मलाई के लाग्दछ भने राजनीतिक एउटा निरन्तर चलिरहने कुरा हो । यो यात्रामा कतिपय यात्रीहरुसँगसँगै यात्रामा हुन्छन् । कतिपय बीचमै छोडेर जान्छन । कतिपयलाई बीचैमा छोड्नुपर्ने हुन्छ । कतिपय बीचमा यात्रामा जोडिन्छन् । तर यो यात्रा निरन्तर जारी रहन्छ । किनकी गन्तव्य लक्ष्य एउटै छ । यसलाई स्वभाविक र समान्य लिनुपर्ने हुन्छ । बुझ्नुपर्ने हुन्छ । त्यसो गर्दा राम्रो हुन्छ । यहाँ इमान, बेइमानी र धोकाका कुराहरु पनि सुनियो । यस्ता यस्ता शब्दहरुको सन्दर्भमा मलाई के लाग्दछ भने आफूसँग हुँदाखेरी बडो इमान्दार, नहुँदा बेइमान त्यस्तो सायद हुँदैन होला । राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्ने हुन्छ जस्तो मलाई लाग्दछ । आजको सहयात्री भोली पनि फेरि सहयात्री बन्न सक्दछ । आजको सहयात्री भोलि सहयात्री नबन्न पनि सक्दछ । यसलाई यही रुपमा लिँदा ठिक हुन्छ जस्तो मलाई लाग्दछ ।’

सांसद आलेमगरले आजको सहयात्री राजनीतिक दलहरु भोली नहुन पनि सक्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);