अन्य विपक्षी दलसँग छलफल गरेर कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अन्य विपक्षी दलसँग छलफल गरेर कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं,२७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते गर्ने तयारी छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । उसले विपक्षी अरू दलहरूसँग पनि अध्यक्षमा सहयोग माग्न छलफल गर्ने भएको छ । नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनाउने यसअघि चार दल– एमाले, माओवादी, रास्वपा र जसपाबीच सहमति भइसकेको छ ।

यसैबीच नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित हुनुभएको छ । सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्नुभएको हो । ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० गते सकिएको हो । सत्ता समीकरण बदलिनुअघि कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने चर्चा थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);