मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने भाष्य गलत भएको ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने भाष्य गलत भएको ओलीको दाबी

काठमाडौं,२७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको तर्क गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला ओलीले त्यसमा कुनै सत्यता नरहेको तर्क गर्नुभएको हो ।

मोतीदेवी स्मृति केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको उल्लेख गर्नुभयो । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउन एमाले लागिपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);