धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने पूर्व राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने पूर्व राष्ट्रपतिको जोड

काठमाडौं,२७ फागुन । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामिल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताउनु भयो । उहाँले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउनु भयो । उहाँले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गईरहेको छ, यसलाई हामीले रोक्नु पर्छ ।धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न तत्पर रहेको बताउनु भयो उहाँले मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताउनु भयो । यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरुलाई व्यवस्थित तुल्याउनका लागि बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);