विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक,अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक,अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१

विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको हो ।

नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ पुगेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा परेका छन् ।

अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो गत वर्षको भन्दा १ सय ४१ जना बढीहो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले धेरे हो ।

विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४ दशमलव .२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १ दशमलव .१ ट्रिलियन बढी हो ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ । नयाँ सूची अनुसार सबैभन्दा बढी अमेरिकामा ८ सय १३ जना अर्बपछि छन् ।

चीनमा ४ सय ७३ जना र भारतमा कीर्तिमानी २ सय जना अर्बपति छन् । ।फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको हो ।नयाँ सुचिअनुसार बर्नार्ड आर्नल्ट विश्वका सबै भन्दा धनी व्यक्ति हुुन् ।

लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ । एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

अमेजनका संस्थापक जोज बेजोस तेस्रो , फेसबुकका संस्थापक मार्क जुकरबर्ग चौथो र ओरेकलका संस्थापक ल्यारी इलिसन पाँचौ स्थानमा छन् । अर्बपतिको शिर्ष १० मध्ये एसियाका सबैभन्दा धनी भारतीय उद्यमी मुकेश अम्बानी नवौ सथानमा छन् ।

रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ । यसैगरी भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् ।

उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् ।

गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);