इटलीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

इटलीको सार्वजनिक ऋण अहिलेसम्मकै धेरै

एजेन्सी, १ भदौ । बैंक अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटलीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो ।

गत महिनाको तुलनामा यो संख्या २७.८ बिलियन युरोले बढेको हो । सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो । तर यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ ।

ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो । गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);