कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन सिनेटको अध्यक्षमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन सिनेटको अध्यक्षमा निर्वाचित

एजेन्सी,२२ चैत्र । कम्बोडियाका पूर्वप्रधानमन्त्री सम्देच टेको हुन सेन बुधवार सदनको अध्यक्षमा निर्वाचित हुनुभएको छ । संसदको माथिल्लो सदनको पहिलो सत्रमा उपस्थित सबै ६२ सिनेटरहरूले सर्वसम्मतिले हुन सेनलाई अध्यक्षमा निर्वाचित गरेका हुन् ।

साथै उनीहरूले सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) का सिनेटर प्राक सोखोन, पूर्वउपप्रधानमन्त्री र पूर्वविदेश मन्त्री र पूर्ववरिष्ठ मन्त्री ओच बोरिथलाई क्रमशः पहिलो र दोस्रो उपाध्यक्षका लागि मतदान गरेका छन् ।

मतदानपछि बोल्दै हुन सेनले आफूलाई सिनेटको अध्यक्षमा निर्वाचित गरेकोमा सबै सिनेटरहरूलाई धन्यवाद व्यक्त गर्दै राष्ट्र र जनताको सेवा गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);