उप-निर्वाचनमा होमिएलान रवि ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उप-निर्वाचनमा होमिएलान रवि ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले रविले नागरिकता पुनः प्राप्तीका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगले अबको केहि दिनमा उपनिर्वाचनका लागि मीति तह गर्ने छ । उक्त उपचुनावमा रविले समेत उम्मेद्वारी दिन पाउनेछन् । तर, निर्वाचनमा भाग लिन भन्दा पहिला रविले नेपाली नागरिकता पुनः प्राप्ती गर्नुपर्ने छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले शुक्रबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै रविको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापति पद समेत खारेज भएको छ । चितवन २ बाट भारी मतान्तरले विजयी भएर आएका लामिछाने पुनः निर्वाचनमा होमिने वा अन्य पात्रलाई लडाउँने भन्ने बारेमा रविले छलफल सूरु गरिसकेको उनी निकट एक नेताले बताए । रविको मनसाय भने पुनः निर्वाचन लड्ने नै रहेको बुझीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);