उम्मेदवारी दर्ता गर्न मुख्य अधिकृतको कार्यालय पुगे रवि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उम्मेदवारी दर्ता गर्न मुख्य अधिकृतको कार्यालय पुगे रवि

काठमाडौं, २० चैत्र । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने दोस्रो पटक उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विवाद मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको सांसद पद खारेज गरेसँगै आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ ।

लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);